खत्रीले ल्याए ‘बर्खामास’

काठमाडाैं | असार १, २०७९

खत्रीले ल्याए ‘बर्खामास’

 

काठमाण्डौँ  :  असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको सो गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ ।

 

गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।

 

गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताउनुभयो । गलकोट उहाँको जन्मथलो पनि हो । भिडियोमा बढीजसो रोपाइँको दृश्य समेटिएको छ । वर्षायाममा हुने खेतीपाती, मेलापात र अर्मपर्मको संस्कृतिलाई गीतको श्रव्य/दृश्यमा चित्रण गरिएको छ । 

 

“बर्खामास गाउँघरमा हुने गतिविधिलाई गीतमा उतार्ने प्रयास गरेका छौँ, भिडियोमा पनि मौलिकता झल्किएको छ”, गायक खत्रीले भन्नुभयो ।

 

दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले हालसम्म सयौँ गीतमा स्वर, शब्द र सङ्गीत दिनुभएको छ । मौलिक गीतसङ्गीतको रचना र गायनमा पोख्त खत्रीका ‘भरिया दाइ’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘सरकार ! के गरेर खाम’लगायतका गीत चर्चित छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्